Sajhamanch Archive

थप १९४६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

आज थप २ हजार ५०३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने हालसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *