झापामा थप १३२ जनामा कोरोना
Published: (Updated: )
by .झापा । झापामा आज थप १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ५३ महिला र ७९ पुरुषमा कोरोना पुष्टि भएको हो ।
दमकमा ७६, कन्काईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ३, कमल र हल्दिबारीमा २/२ जनामा संक्रमण भएको छ ।
गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, बुद्धशान्ति र अर्जुनधारामा १/१ जनामा कोरोना पुष्टि भएको हो ।
झापामा आज एक संक्रमितको निधन भएको छ । निधन हुनेमा गौरादह नगरपालिका वडा नं.४ का ७० बर्षीय पुरुष रहेका छन् ।
Comments