Sajhamanch Archive

नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा आज सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गदैं आउदैं गरेको शुभ दिपावली का अवसरमा देउसी भैलो नाचगानलगायतका भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन, नेपाल संवत ११४१ का अवसर पारेर भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन ५ बुँदे सार्वजनिक सूचना जारी गरेको छ ।

साथै कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गदैं छठ पर्व घर आगनमा नै कुण्ड बनाएर पूजा गरी मनाउन, नदी खोला र तलाउ पोखरी र जलाशयमा अस्थायी पण्डाल बनाएर यस वर्षको पूजा स्नान नगर्न समेत नगरवासीलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

बैठकले कोभिड १९ संक्रमण नियन्त्रणका लागि नगरकार्यपालिकाको कार्यालयकातर्फबाट चिकित्सकसहितको आवश्यक जनशक्ति व्यवस्थापन, अक्सिजन, औषधि, अति विपन्न परिवारलाई पौष्टिक आहर सहितको १४ दिनका लागि प्याकेज वितरण गर्ने, साथै स्वास्थ्यकर्मीहरुको मोवायल टोली, रेपिड रेस्पोन्स टिम निर्माण गरी आपतकालिन उद्घार गर्ने निर्णय समेत गरेको छ ।

अक्सिजन अभावका कारण नगरबासीको मृत्यु हुन सक्ने अवस्थालाई बुझेर नगरपालिकाको तर्फबाट अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई उपलब्ध गराउने गरी हाल नगरपालिकामा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था मिलाईएको र आवश्यकता अनुसार थप गर्ने उपप्रमुख उप्रेतीले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *