Sajhamanch Archive

प्रदेश १ मा २३१ संक्रमित थपिए,६२५ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् ।

झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बा¥हदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरंगको विराटनगरमा ६३, रतुवामाईमा ६, कटहरीमा ४, रंगेलीमा ३, उर्लाबारीमा २, ग्रामथान, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै सुनसरीको धरानमा २२, इटहरीमा ६, बराहक्षेत्र, इनरुवा र कोशी गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता इलामको चुलाचुलीमा २, इलाममा १, ते¥हथुमको म्याङलुङमा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *