दमक अस्पतालमा आगलागी
Published:
by .दमक । विद्युत सर्ट भई झापाको दमक नगरपालिका वडा नं.१ मा रहेको दमक अस्पतालमा आज दिउँसो आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा १ करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । २ बजेदेखि लागेको आगलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बुले बताए ।
दमक नगरपालिकाका दुईवटा दमकल, अस्पतालका कर्मचारी,प्रहरी तथा स्थानीयहरुको सहयोगवाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएका थिए ।
Comments