Sajhamanch Archive

हास्यकलाकार गजुरेल काेरोना संक्रमणमुक्त

Published: in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by .

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् । ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन्।

‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु।’ उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु।’

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। उनले सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेका छन्।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *