Sajhamanch Archive

शहीद धर्मभक्तले स्वर्ण महोत्सव मनाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।

विद्यालयले स्थापना भएको ५० वर्ष पुरागरे सँगै स्वर्ण महोत्सव मनाउने भएको हो ।

विद्यालयले स्वर्ण महोत्सव मनाउन चक्रबहादुर गुरुङ्गको अध्यक्षतामा १ सय ५१ जना मुल समिति गठन गरेको भने २५ जना सचिवालय सदस्य गठन गरिएको जनाएको छ ।

विहीबार महोत्सव मुल आयोजक समितिको बैठकले २०७५ माघ १६ गतेदेखि सप्ताहव्यापी महोत्सव लगाउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक चक्रबहादुर गुरुङले जानकारी दिए ।

बैठकमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिव ढुङ्गेल, कमल गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष नरप्रसाद दंगाल, चुलचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पूर्ण लावती, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल, नेपाली कांग्रेस कमल गाउँपालिका सभापति खगेन भण्डारी, समजसेवी सूर्य एकपाङ्गदेन, प्रताप सुब्बा, मदन आश्रित वहुमुखी क्याम्पसका प्रमुख हेमनाथ अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालय स्थापना कालदेखी हालसम्म विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्याक्ति तथा संस्थालाई सम्मान गर्ने, विद्यालयले स्मारिका प्रकाशन गर्ने निर्णय गरेका समितिले जनाएको छ ।

वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालय हाल कक्षा नर्सरदेखि स्नातकसम्मका कक्षा सञ्चालनमा छन् । विद्यालयले समय सापेक्ष शिक्षा प्रणाली अवलम्बन गर्दै शैक्षिक सत्रदेखि प्राविधिक धारको शिक्षा समेत सञ्चालन गर्ने तयारी भैरहेको विद्यालयका प्रधानाध्यापक काजिमान पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *