Sajhamanch Archive

कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। आगलागीका कारण ७ जना गम्भीर घाइते भएका छन्।

उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई अर्को अस्पतालमा सारिएको छ। रोमानियामा कोरोनाका कारण अहिलेसम्म ३ लाख ५३ हजार संक्रमित भएका छन् भने झण्डै ९ हजारको ज्यान गएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *