Sajhamanch Archive

राष्ट्रपति ट्रम्पको समर्थनमा प्रदर्शन

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका हुन्।

डिसीमा ट्रम्पका समर्थक चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको बिना प्रमाणित आरोपको पक्षमा सडकमा ओर्लिएका हुन्। झण्डासहित आएका प्रदर्शनकारीहरूमा दक्षिणपन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो।

केही प्रदर्शनकारीले हेलमेट तथा बुलेट प्रुफ भेस्टसमेत लगाएका थिए। उता गल्फ कोर्स जानका लागि निस्किएका ट्रम्पको सवारी पनि समर्थकहरूले केहीबेर घेरेका थिए।

प्रदर्शनकारीहरूले मेक अमेरिका ग्रेट अगेन लगायत चोरी रोक्नुपर्ने आशयका प्लेकार्ड तथा ब्यानर बोकेका थिए। यही नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन्।

बाइडेन परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएका जर्जिया र एरिजोनासहितका राज्यमा पनि जित हासिल गर्न सफल भएका छन्। हार स्वीकार नगरेका ट्रम्पले अझै जित्ने दाबी सहितका ट्वीट गर्दै आएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *