Sajhamanch Archive

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाकी २५ वर्षीया कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

यही कात्तिक २६ गते अस्पतालमा भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

डा.श्रेष्ठका अनुसार ती महिलामा अन्य कुनै पनि दीर्घ रोग थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *