Sajhamanch Archive

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Published: in विश्व समाचार by .

काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो ।

आगलागीमा परेर चारजना पुरुष र तीनजना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *