Sajhamanch Archive

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ।

गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिएका छन्‌।

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको डिएसपी मल्लले बताए । विप्लव कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको उनको भनाइ छ।

गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। आफूहरूले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले दावी गरेको छ। स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो।

                                                                                                     थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *