Sajhamanch Archive

मौसम बदलीसँगै चिसो बढ्यो, हल्का बर्षाको सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

अहिले उपत्यकासहित बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश,कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका एकाध तथा गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *