झापामा थप २६ जनामा कोरोना
Published: (Updated: )
by .झापा । झापामा पछिल्लो २४ घण्टाभित्र थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा चारजना महिला र २२ जना पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमध्ये दमक नगरपालिका र कमल गाउँपालिकाका ५-५ जना रहेका छन् । दमकमा १ महिला र ४ पुरुष तथा कमलमा ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, अर्जुनधारा नगरपालिकाका २ पुरुष र २ महिला, गौरादहका १ महिला र ३ पुरुष, बिर्तामोड र हल्दिबारीका २-२ पुरुष, भद्रपुर, मेचीनगर, गौरीगञ्ज र शिवसताक्षीका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
Comments