Sajhamanch Archive

‘मोडेर्नाको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।

यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।

मोडेर्ना कम्पनीले सोमबार आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । साथै अबको केही सातामै नियामकसमक्ष यो खोपको अनुमोदनका लागि आवेदन दिने बताएको छ । यद्यपि कम्पनीले अहिले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक तथ्यांक हो । र केही महत्वपूर्ण प्रश्नको उत्तर भने आउन बाँकी छ ।

मोडेर्नाले आफ्नो खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो । परीक्षणमा सहभागीमध्ये आधालाई चार साताको अन्तरमा खोपको दुई डोज दिइएको थियो । बाँकीलाइ कोरोनाको खोप दिइएको थिएन ।

अध्ययनका क्रममा कोरोनाको लक्षण देखिएका सुरुवाती ९५ मध्ये कारोना खोप दिइएका केवल पाँच जना थिए । अन्य ९० जना मानिसहरु औषधि नराखिएको खोप दिइएका मानिसहरु थिए । कम्पनीले ९४ दशमलव ५ प्रतिशत मानिसलाई खोपले कोरोना संक्रमणबाट बचाउने बताएको छ ।

परीक्षणको क्रममा ११ जना मानिसमा कोरोनाका गम्भीर लक्षण देखिएको थियो । तर, गम्भीर लक्षण देखिनेमा खोप दिइएका मानिसहरु भने थिएनन् ।

                                                                                                                             स्रोत : बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *