आइसोलेसनमा बसेकाहरुले पनि लगाए भाइटिका
Published: (Updated: )
by .इटहरी । कोरोना भाइरस संक्रमणका कारण आइसुलेसन बसेका दाजुभाईहरुले पनि भाइटिका लगाएका छन् ।
परिवारसँग बसेर टिका लगाउन नपाइएपनि उनीहरुको निधार भने खाली भएन । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाई टीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यही रहनुभएकी एकजना संक्रमित महिलाले टीका टिका लगाइदिएकी हुन् ।
यता ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई भने उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिइन् । टीका,माला,सेलरोटी,फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम विहानै आइसुलेसनमा पुगेकी थिइन् । संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन ।
स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भन्ने “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अव उनले भाई बनाए । अव म दिदी भन्छु ” चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले बताइन् । बर्षदिनको चाडवाडका वेला संक्रमित घर परिवार भन्दा टाढा वस्नुपर्दा र संक्रमितहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले जानकारी दिइन् । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।
Comments