Sajhamanch Archive

पूर्व सभापति बाँस्कोटा रहेनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । नेपाल पत्रकार महासंघ झापामा २०५५ देखि २०५८ सम्म सभापति रहेका रामनाथ बाँस्कोटाको आज साउन ३१ गते नेपाली समयानुसार अपरान्ह ४ बजे निधन भएको छ ।

त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विषयको उपप्राध्यापकबाट सेवा निवृत्त भएपछि उनी अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका परिवारसँग बसोबास गरिरहेका थिए ।

मेची बहुमुखी क्याम्पस भद्रपुरमा लामो समयसम्म पुस्तकालय विज्ञ रही सेवा गरेका उनले पत्रकारिता गर्दै प्राध्यापन पनि गरेका थिए । उनी भद्रपुर जेसीजका पूर्व अध्यक्ष पनि थिए ।

मृदुभाषी एवम् सहयोगी स्वर्गीय बाँस्कोटाको आत्माले चिर शान्ति पाओस् भन्दै साझामञ्च मिडिया प्रालि परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *