२२ करोडमा बिक्यो एउटा परेवा
Published: (Updated: )
by .एजेन्सी । एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? बेल्जियममा एउटा परेवा २२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिकेको छ ।
बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको छ ।
न्यू किम नामको उक्त पोथी परेवाको उमेर २ वर्षको छ । तिव्र वेगमा उड्नसक्ने उक्त धावक परेवालाई २ सय ३७ डलरमा लिलामीमा राखिएको थियो । तर त्यसको मूल्यभन्दा कैयन् गुणा धेरै अर्थात् १९ लाख डलरमा चीनका एक व्यक्तिले सो परेवा खरीद गरे ।
समाचार एजेन्सी रोयटर्सका अनुसार परेवारको मूल्य त्यतिधेरै परेको सुन्दा उक्त परेवाका मालिक कुर्त वाउवर आफु तिनछक परेको बताउँछन् ।
यसअघि सबैभन्दा बढि मूल्यमा बिक्ने परेवाको किर्तिमान एउटा चार वर्षको भाले परेवाको नाउँमा थियो, जो १४ लाख डलरमा बिक्री भएको थियो । अरमान्डो नामको उक्त रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस ह्यामिल्टन पनि भनिन्थ्यो । उक्त परेवा रिटायर्ड हुनुभन्दा अगाडि सन् २०१९ मा त्यो परेवालाई बिक्री गरिएको थियो ।
सबैभन्दा महंगो परेवा न्यू किमले सन् २०१८ मा आयोजित परेवा उडान प्रतियोगितामा विभिन्न राष्ट्रिय प्रतिस्पर्धाहरु जितेको थियो र त्यसपछि उसले अवकास लिएको थियो ।
पछिल्लो केही वर्षमा चीनमा परेवाको उडान प्रतियोगिता निकै लोकप्रिय बनिरहेको छ । त्यसैले न्यू किम नामक बेल्जियन परेवा खरीदका लागि चीनका दुईजना खरीदकर्ताहरुले लिलाम बढाबढमा बोली लगाएका थिए ।
यो परेवाले १० वर्षको उमेर हुँदासम्म फुल पार्न सक्दछ । त्यसैले करोडौँमा किनिएको यो परेवालाई समेत प्रजनन मार्फत रेसिङ परेवा उत्पादनका लागि प्रयोग गर्ने सम्भावना रहेको छ ।
लिलामी संस्था पिपाका सिइओ निकोलसका अनुसार न्यू किम परेवाको किर्तिमानी मूल्य अविश्वसनीय हो । उनका अनुसार बेल्जियममा करीब २० हजार परेवा पालक रहेका छन् ।
बीबीसी
Comments