Sajhamanch Archive

झापामा थप १४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा ५ महिला र ९ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

दमकमा २ महिला र ६  पुरुष गरी ८ जना, गौरादहमा ३ महिला र २ पुरुष गरी ५ जना र मेचीनगरमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

झापामा आज एक  कोरोना संक्रमितको ज्यान गएको छ । निधन हुनेमा अर्जुनधारा नगरपालिका एक पुरुष रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *