Sajhamanch Archive

नेसन्स लिग : जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । फेरन टोरेजको ह्याट्रिकको मद्दतमा जर्मनीमाथी फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिग फुटबलको अर्को चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीलाई ६–० ले पराजति गर्दा टोरेजले ह्याट्रिक गरेका हुन् । खेलको १७ औं मिनेटम अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यस्तै ३३ औं मिनेटमा फेरन टोरेजले गोल गर्दै अग्रता दोब्बर पारे ।

३८ औं मिनेटमा रोड्रीले गोल गरे । उनले कोकेको पासमा गोल गर्दै स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए । स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेका थियो । ५५ औं मिनेटमा टोरेजले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै ७१ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरेका हुन् । उनले रुइजको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

खेल सकिन एक मिनेट बाँकी रहँदा मिकेल ओयार्जाबलले गोल गरे । उनले गायाको पासमा गोल गर्दै घरेलु मैदानमा स्पेनलाई जर्मनीमाथी ६–० को फराकिलो जित दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *