Sajhamanch Archive

बुद्धशान्तिका कोरोना संक्रमितको बिएण्डसीमा मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । झापामा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङ रहेका छन् । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए ।

उनको आज बिहान ७ बजे बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बुद्धशान्तिमा २ र झापामा ८६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *