Sajhamanch Archive

एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।

तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि अब पहिले सचिवालय बैठक बस्नेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमा बालुवाटारमा बस्ने जानकारी दिइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *