Sajhamanch Archive

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बिर्तामोडमा दुईजनाको मृत्यु, दुई घाइते

Published: (Updated: ) in समाज by .

बिर्तामोड । झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बिहान ११ बजेर २५ मिनेट जाँदा बिर्तामोड नगरपालिका वडा नं.६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार दुर्घटना हुँदा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बु र पछाडी सवार बुद्धशान्ति गाउँपालिका वडा नं.३का ११ वर्षीय बालक दिप्सन कडेलको मृत्यु भएको हो।

त्यस्तै, सोही मोटरसाइकलमा सवार ३९ वर्षीया सावित्रा कडेल घाइते भएकी छिन्। ‘उनीहरू एउटै ठाउँका हुन्,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘मृतक चालकको भर्खरै पहिचान भएको हो।’

उक्त मोटरसाइकल पश्चिमबाट पूर्व जाँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ३१-०२-०४२पिए ७९८२ नम्बरको अनटेष्ट मोटसाइकल ठोक्किएका थिए।

त्यसपछि अनियन्त्रित हुँदा पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ३३५० नम्बरको ट्रकले दुबै मोटरसाइकललाई ठक्कर दिएको थियो। अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्।

घाइतेहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, दुबै जनाको शव सोही अस्पतालमा राखिएको छ। प्रहरीले दुबै मोटरसाइकल र ट्रकलाई नियन्त्रणमा लिएको छ। ट्रक चालक भद्रपुर नगरपालिका वडा नं.८का राजु श्रेष्ठ पक्राउ परेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *