Sajhamanch Archive

रोमान्टिक मूडमा देखिइन् नेहा कक्कर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

गायिका नेहा कक्कर पछिल्लो समय दुबईमा पति रोहनप्रीत सिंहसँग हनिमुनमा छिन् । सोही क्रमका रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेर उनले फ्यानलाई आफ्नो बारेमा अपडेट दिइरहेकी छन् ।

हालै पनि उनले हनिमुनसँग जोडिएको केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर हेर्न उनी जीवनसाथीसँग हनिमुन पुरै मस्ती गरिरहेको अनुमान गर्न सकिन्छ । जसलाई फ्यानले समेत मन पराएका छन् । रोहनप्रीतले पनि पत्नी नेहाको यो पलहरुलाई खास बनाउन साथ दिइरहेका छन् ।

तस्बिरमा दुबैको निकै रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ । एक तस्बिरमा नेहाले पतिलाई किस गरेको रोमान्टिक अन्दाज देख्न सकिन्छ । अर्को एक तस्बिर रोहनप्रीतले रोमान्टिक अन्दाजमा नेहालाई किस गरेको समेत रहेको छ ।

कामको कुरोगर्ने हो भने नेहा एक चर्चित गायिका हुन् । उनले बलिउडका लागि कयौ सुपरहिट गीत गाएकी छन् । रोहनप्रीत सिंह पनि पंजावको राइजिङ स्टार हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *