Sajhamanch Archive

नेकपा सचिवालय बैठक १० दिनपछि बस्‍ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्‍न भएको छ ।

बैठकमा प्रधानमन्‍त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तर्फबाट पनि बैठकमा प्रस्ताव ल्याउने बताएपछि उनको प्रस्तावसहित छलफल गर्न मंसिर १३ गते अर्को बैठक बस्‍ने तय भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा अध्यक्ष ओलीले प्रस्ताव ल्याउने जानकारी गराएको बताए । “पार्टीको संकट र निवारणबारे यसअघि प्रस्तुत सबै प्रस्ताव र ओलीले ल्याउने प्रस्तावसमेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्‍न गरिनेछ,” उनले बैठकपछि भने ।

त्यस्तै नेकपाको केन्द्रीय समिति बैठक पनि १० दिन पर धकेलिएको छ । सचिवालयले यसअघि तय भएका १५ गते बस्‍ने भनिएको बैठक २५ गते बस्‍ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *