Sajhamanch Archive

सचिवालयमा पौडेलले भने : हामी सामूहिक राजीनामा दिऔँ, नयाँ पुस्ता अघि सारौँ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलले सामूहिक राजीनामाको प्रस्ताव अघि सारेका छन् । पार्टीभित्रको विवादले पार्टीको काम नभएको भन्दै सचिवालयको सबै सदस्यले सामूहिक राजीनामा दिने प्रस्ताव गरेको छन्।

‘हामीले पार्टीभित्रको विवादको कारणले काम गर्न सकेनौँ हामी असफल भइसक्यौँ’ महासचिव पौडेलको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब हामीले सामूहिक राजीनामा दिएर नयाँ पुस्तालाई अघि सारौँ।’

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि महासचिव पौडेल सक्रिय भएर लागिरहेका छन्। यसअघिको विवादमा पनि महासचिव पौडेलले पार्टीभित्रको विवाद समाधान गर्नका लागि पुलको काम गरेका थिए।

मंसिर १८ गते तोकिएको स्थायी कमिटीको बैठकमा अहिलको सचिवालय विघटन गरेर नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनेको तर्क छ। सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्।

सचिवालयमा समावेशीता पूरा नभएको भन्दै यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा समेत पटक-पटक कुरा उठिरहेको छ। केही साताअघि प्रधानमन्त्री ओलीले पनि अब देश र पार्टीको विकासका लागि नयाँ पुस्तालाई अवसर दिन तयार रहेको बताएका थिए।

                                                                                                               थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *