झापामा थप ३० जनामा कोरोना, चारजना संक्रमितको निधन
Published: (Updated: )
by .झापा । झापामा आज थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ९ महिला र २१ पुरुषमा संक्रमण देखिएको हो ।
आजका संक्रमितहरुमा दमकमा ५, भद्रपरमा ९, बिर्तामोडमा ८, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा २/२ जना र शिवसताक्षी र झापा गाउँपालिकामा १/१ जना रहेका छन् ।
त्यस्तै झापामा आज चारजना संक्रमितको निधन भएको छ ।
निधन हुनेहरुमा कमल गाउँपालिका वडा नं.३ का २८ बर्षीय पुरुष, दमक नगरपालिका वडा नं.२ का ८२ बर्षीय पुरुष, बुद्धशान्ति गाउँपालिका वडा नं ३ का ६८ बर्षीय पुरुष र अर्जुनधारा नगरपालिका वडा नं.९ का ७३ बर्षीय पुरुष रहेको चौलागाईंले जानकारी दिए ।
झापामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ९४ पुग्दा १९ सय भन्दा बढी निको भएका छन् ।
Comments