Sajhamanch Archive

पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : डा.बाबुराम भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २.ओली सरकारको असफलता/भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *