Sajhamanch Archive

आगामी तीन दिनको मौसम यस्तो छ !

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन । भने, हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *