दमकमा कोरोना संक्रमित वृद्धको मृत्यु
Published:
by .विर्तामोड । कोरोना भाइरस संक्रमित झापाको दमक नगरपालिकाका एक वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।
दमक ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएका वृद्धलाई पीसीआर परीक्षण गराउँदा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनलाई उपचारका लागि झापाकै बिर्तामोडिस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएको थियो । खर्चको अभाव र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड–१९ हस्पिटलमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो ।
Comments