Sajhamanch Archive

झापामा थप दुई बृद्धको कोरोनाबाट मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार by .

झापा  । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका र झापा गाउँपालिकाका बृद्ध रहेका छन् । होम आइसोलेसनमा बसेका झापा गाउँपालिका वडा नं ७ का ७२ वर्षिय प्रेमप्रसाद कँडेलको आज बिहान ११ बजे मृत्यु भएको हो । उनलाई फोक्सोमा समस्या भएपछि मंसिर १ गते नोवेल हस्पिटल विराटनगर लगिएको थियो ।

उनको मंसिर २ गते त्यही पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई डिस्चार्ज गरी घर ल्याइएको थियो । घरमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापा गाउँपालिकामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । त्यस्तै कनकाई नगरपालिका ५ का कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।
६६ बर्षिय जयप्रकाश मग्रान्तिको विराटनगरस्थित म्याक्स हस्पिटलबाट घर ल्याउनेक्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको हो । एक साताअघि अत्याधिक ज्वरो आएपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । विरामीलाई कोरोना पोजेटिभ देखिएको र आवश्यक भेन्टिलेटर अभावका कारण त्यहाँबाट म्याक्स अस्पताल लगिएको थियो ।

तर त्यहाँ पनि उपचार सम्भव नभएपछि घरमै ल्याउने क्रममा हिजो बेलुका ४ बजे मोरङको पथरीमा बृद्धको एम्बुलेन्समै मृत्यु भएको हो । हालसम्म कनकाई नगरपालिकामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । आजै बिहान दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ९ का ७० बर्षिय बलबहादुर धिमालको आज बिहान मृत्यु भएको हो ।

कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी हस्पिटल बिर्तामोडमा राखेर उपचार गरिएको थियो । खर्चको अभाव र स्वास्थ्य जटिल भएपछि उनलाई हिजो बेलुका दमक नगरपालिकाको कोभिड हस्पिटलमा ल्याइएको थियो । आज बिहान २ बजे त्यही उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *