Sajhamanch Archive

पत्रकार गोकर्ण गौतमको आज बिहान निधन

Published: in राष्ट्रिय समाचार by .

काठमाण्डौ । कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ। मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा उनको निधन भएको हो।  टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल पुगेका उनलाई गत सोमबार अस्पताल उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल)बाँसबारीमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान ११.३० बजे उनको निधन भएको उनी कार्यरत कान्तिपुर दैनिकले समाचार छापेको छ।

हेटौंडाका ३१ वर्षीय गौतम कान्तिपुर दैनिकका सक्रिय पत्रकार थिए। सिनेमा र कला समीक्षकका रूपमा परिचय बनाएका उनी समसायिक विषयमा पनि रिपोर्टिङ गर्थे। उनले कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने नेपाल साप्ताहिकु म्यागेजिनमा पाँच वर्षभन्दा बढी समय बिताएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *