Sajhamanch Archive

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो ।

बिहीबार रेडक्रसका कार्यबाहक अध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो । रेडक्रसले सात वटै प्रदेशलाई एक/एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *