Sajhamanch Archive

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाण्डौ ।  कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलामा ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *