Sajhamanch Archive

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने

Published: in राष्ट्रिय समाचार by .

काठमाण्डौ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको कारण देखाउँदै बन्द गरिएको नियमित परीक्षण सेवा मंसिर ७ गते अर्थात् आइतबारबाट सुरु गर्ने जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

कोरोनाभाइरस माहामारीको कारण गत चैत्र ७ गते देखि नियमित सेवा बन्द गरिएको थियो । प्रयोगशालाले २ सय जना बिरामीको परीक्षणबाट सेवा सुरु गरी आवश्यकता अनुसार बढाउँदै लैजाने शाखा अधिकृत इन्दिरा आचार्यले बताइन् ।

नमुना संकलन भने बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वाब परीक्षण गराउँन आउँदा सबैले जनस्स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न प्रयोगशालको आग्रह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *