Sajhamanch Archive

झापामा थप २९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा झापामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १४ जना महिला र १५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ महिला र १ पुरुष, बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका २ महिला र ३ पुरुष, कनकाईका ३ जना पुरुष, भद्रपुरका १ महिला २ पुरुष, अर्जुनधाराका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कमल र बुद्धशान्ति गाउँपालिकामा १-१ जना महिला र हल्दिबारी र मेचीनगरमा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी गौरादह नगरपालिकाका २ व्यक्तिको कोरोना संक्रमणका कारण निधन भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नं.८ का ६३ वर्षीय पुरुष र गौरादह नगरपालिका वडा नं. ७ की ७५ वर्षीया महिला रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *