Sajhamanch Archive

मोनाकोसँग पीएसजी पराजित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) दोस्रो स्थानको मोनाकोसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–२ गोलले पराजित भएको हो ।

मोनाकोको घरेलु मैदानमा भएको खेलमा युवा स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पहिलो हाफमा २–० को अग्रता बनाएको पीएसजी दोस्रो हाफमा सम्हालिन नसक्दा मोनाकोसँग पराजित हुन पुगेको हो ।

खेलको २५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । त्यस्तै ३७ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । उनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा घरेलु टोलीले तीन गोल गर्यो । घरेलु टोलीका मिडफिल्डर केभिन भोलान्डले ५२ औं मिनेटमा गोल गर्दै मोनाकोलाई खेलमा फर्काए । त्यस्तै भोलान्डले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले फाब्रेगासको पासमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

८४ औं मिनेटमा पीएसजी दस खेलाडीमा समेटिएको थियो । पीएसजीका डिफेन्डर अबदोउ डियालोले सोझै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी दस खेलाडीमा समेटिएको थियो । डियालले रोतो कार्ड पाउँदा मोनाकोले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमा सेस्क फाब्रेगासले गोल गर्दै मोनाकोलाई ३–२ को पुनरागमन जित दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *