Sajhamanch Archive

झापामा थप ५४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र २६ जना पुरुष रहेका छन् ।

संक्रमितहरुमा मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ७ महिलासहित ११ जना, अर्जुनधारा नगरपालिकामा ३ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ९ महिलासहित १४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, झापा गाउँपालिकामा १ जना पुरुष, बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेको १ महिलासहित ५ जना संक्रमित रहेको उनले जानकारी दिए ।

त्यस्तै आज मृत्यु हुनेमा १ जना पुरुष छन् । कनकाई नगरपालिका वडा नं.५ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *