Sajhamanch Archive

विश्वमा पाँच करोड ८४ लाख संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख बढी पुगेको छ । एकै दिन पाँच लाख ६७ हजार एक सय १३ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या पाँच करोड ८४ लाख ६६ हजार एक सय आठ पुगेको हो । कोरोनाका कारण १३ लाख ८५ हजार सात सय आठ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ५२ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये चार करोड चार लाख ४४ हजार सात सय १९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ६६ लाख ३५ हजार छ सय ८१ जना उपचाररत रहेकोमा एक लाख दुई हजार तीन सय ६९ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या एक करोड २४ लाख ३७ हजार सात सय ९४ पुगेको छ । एकै दिन एक लाख ५९ हजार नौ सय ६७ जना नयाँ बिरामी थपिए । अमेरिकामा संक्रमितमध्ये दुई लाख ६१ हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार चार सय २१ जनाको ज्यान गयो । संक्रमितमध्ये ७४ लाख सात सय ९१ जना उपचारपछि घर फर्किएका छन् । ४७ लाख ७५ हजार दुई सय ५२ जना उपचाररत रहेकोमा २२ हजार नौ सय पाँच जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नौ सय आठ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ हजार दुई सय ९५ जना नयाँ संक्रमित थपिए । हालसम्म कोरोना संक्रमित एक लाख ३३ हजार दुई सय ६३ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार सय ९९ जनाको ज्यान गयो । संक्रमितमध्ये ८५ लाख २० हजार ३९ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज भएर कोरोना मुक्त हुँदै घर फर्किएका छन् । चार लाख ४२ हजार छ सय छ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख ५२ हजार सात सय ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ३२ हजार छ सय २२ जना नयाँ बिरामी थपिए । संक्रमितमध्ये एक लाख ६९ हजार १६ जनाको ज्यान गइसकेको छ । एकै दिन तीन सय ५४ जना संक्रमितको मृत्यु भयो । संक्रमितमध्ये ५४ लाख २२ हजार एक सय दुई जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६१ हजार छ सय ६८ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *