धरानमा मेचीनगरका कोरोना संक्रमित पुरुषको मृत्यु
Published: (Updated: )
by .सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.४ का संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
उनलाई १ गते कोरोना पुष्टि भएको र ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।
Comments