Sajhamanch Archive

ड्रग्स सेवनको आरोपमा कमेडियन भारती सिंह पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन by .

कमेडियन भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँजा सेवन गरेको स्विकार गरेका छन् ।

भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा रहेको घरमा एनसीबीले छापा मारेको थियो ।

एनसीबीले भारतीको घरबाट ड्रग्स बरामद गरेको थियो । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउड कलाकार एनसीबीको निशानामा परेका छन् । यसअघि नायक अर्जुन रामपाल पनि ड्रग्स सेवनको आरोपमा एनसीबीको कार्यलयमा बयानका लागि पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *