Sajhamanch Archive

यौनहिंसाको शिकार भएका बलिउडका ८ सेलिब्रेटी

Published: in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउडमा यौनशोषणका शिकार भएका अभिनेत्री तथा गायिकाहरुले आफूमाथि भएको घटनाको बारेमा खुलासा गरेका छन् ।

जसमध्ये केही सेलिब्रेटीका नाम यसप्रकार छन्ः

नेहा भसीन

गायिका नेहा भसीनले केही दिनअगाडि मात्रै आफू यौनशोषणको शिकार भएको खुलासा गरेकी छिन् । हालै एक अन्तरवार्तामा उनले बताएका अनुसार उनी १० वर्षको हुँदा हरिद्वारमा यौनशोषणको शिकार भएकी थिइन् ।

तनुश्री दत्ता

बलिउडमा सबैभन्दा ठूलो ‘मिटु’ अभियानको सुरुवात नै अभिनेत्री तनुश्री दत्ताको सनसनीपूर्ण खुलासाबाट भएको थियो । उनले अभिनेता नाना पाटेकरले उनीमाथि यौनशोषण गरेको आरोप लगाएकी थिइन् । पाटेकरले उनीमाथि ‘हर्न ओके प्लिज’ को सेटमा शोषण गरेको तनुश्रीको आरोप थियो ।

स्वरा भास्कर

अभिनेत्री स्वरा भास्करले बलिउड उद्योगका थुप्रै निर्देशकहरुले उनीमाथि यौनशोषणको आरोप लगाएकी थिइन् । उनले यस उद्योगमा आएपछि थुप्रैपटक यस्ता शोषणको शिकार भएको बताएकी छन् ।

सोनम कपूर

चर्चित अभिनेत्री सोनम कपूरले पनि आफू यौनशोषणको शिकार भएको बताएकी छिन् । उनी १३ वर्षको हुँदा उनलाई एक व्यक्तिले गलत अभिप्रायले छुने कोशिस गरेका थिए ।

जायरा वसीम

बलिउडलाई बिधाई गरिसकेकी अभिनेत्री जायराले प्लेनमा यात्रा गर्ने क्रममा साथमा बसेका व्यक्तिले यौनशोषण गरेको आरोप लगाएकी थिइन् । उनको उक्त भिडियो निकै भाइरल भएको थियो ।

कल्कि कोचलिन
बलिउडकी चर्चित अभिनेत्री कल्कि कोचलिनले आफू यौन उत्पडिनको शिकार भएकी थिइन् । उनले आफू ९ वर्षकी हुँदा आफूले यौनहिंसा सहेको बताएकी थिइन् ।

फातिमा शेख

‘दंगल’ फिल्मकी अभिनेत्री फातिमा शेखले आफूले निकै सानो उमेरमा यौन उत्पीडनको शिकार भएको खुलासा गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार फातिमा जब ३ वर्षकी थिइन् उनीमाथि यौन शोषण भएको थियो ।

बिपाशा बसु

अभिनेत्री बिपाशा बसुले फिल्म प्रमोशनको क्रममा आफू यौनहिंसाको शिकार भएको बताएकी छिन् । उनीमाथि यौन शोषण गर्नेलाई पक्राउ समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *