Sajhamanch Archive

नेकपाभित्रको द्वन्द्वमा काँग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटवार्ता सम्बन्धी समाचार बाहिरिपछि आइतबार प्रवक्ता शर्माले नेकपाभित्रको द्वन्द्वसँग काँग्रेस निरपेक्ष रहेको बताए ।

‘भ्रम, कोही कसैलाई केही छ भने पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ काँग्रेसलाई । अत : कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौं,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन् ।

सत्ताको जोडघटाउमा पार्टी नलागेको शर्माको दाबी छ । ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत : यता या उताको जोड घटाउमा काँग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं,’ शर्माले भनेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *