Sajhamanch Archive

काेराेना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । कोरोना भाइरस परीक्षण गर्न अब सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई नेपाल सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी,अब हवाई तथा स्थल मार्गबाट नेपाल आउने हरेकलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा राख्न र त्यसपछि मात्र लक्षण देखिएमा पीसीआर परीक्षण गराउन कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *