Sajhamanch Archive

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको हाराहारीमा मात्र पुगेको थियो । भारतीय मुद्रासँगको स्थिर विनिमय दरको प्रभाव नेपाली मुद्रामा पनि परेको अर्थशास्त्रीहरुले बताएका छन् ।

भारतीय मुद्रा कमजोर भएका कारण नेपाली मुद्राको मूल्य पनि कमजोर हुन पुगेको हो । नेपाल र भारतबीच स्थिर विनिमयदर रहेका कारण नेपालले चाहेर मात्र वा नेपाली मुद्रा बलियो भएर मात्रै नेपाली मुद्राको भाउ बढी हुँदैन ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *