बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २ संक्रमितको मृत्यु
Published:
by .काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
मोरङका पुरुषमा गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । यसैगरी इलामका पुरुष यही मंसिर ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
Comments