Sajhamanch Archive

चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला छिमेकी चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्।

स्रोतका अनुसार प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन्। उनीहरूको भेटमा के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।

नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन्।

यसपालि पनि केही दिन अघि यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *