Sajhamanch Archive

संसद अधिवेशन सुरु गर्न तयार छौं : सभामुख सापकोटा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए ।

‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ’ संसद सचिवालयमा सांसद मोहन पाण्डेको सपथपछि उनले भने ।

हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले बताए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *