Sajhamanch Archive

प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

Published: (Updated: ) in समाज by .

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् ।

फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताए ।

दुर्घटनामा चालक पोखरा महानगरपालिका वडा नं.२८ घर भई लेकसाइड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।

यात्रु बूढानीलकण्ठ नगरपालिका वडा नं.२,काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् । दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरे ।

डीएसपी हमालका अनुसार छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *