Sajhamanch Archive

झापामा थप ९० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३८ महिला र ५२ पुरुष रहेका छन् ।

दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, हल्दीबारी गाउँपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, झापा गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका १ जना महिला संक्रमित रहेको उनले जानकारी दिए ।

त्यस्तै आज मृत्यु हुनेमा १ महिला र १ जना पुरुष छन् । भद्रपुर नगरपालिका वडा नं.८ का ७३ वर्षीय पुरुष र मेचीनगर नगरपालिका वडा नं.४ की ८२ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *